काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मा कारोबार भएको थियो ।

बजार घटे पनि आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी, दरमखोला हाइड्रो, सागर डिस्ट्रिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केवलकार, झापा इनर्जीको सेयर १० प्रतिशत बढेका छन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सवैभन्दा बढी ६.०३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर, साहस उर्जाकार राधी विद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । ३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।