काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर रोकिएको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो ।
यस दिन कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटाको घट्यो । ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहृयो । यसरी सेयरमूल्य बढ्ने कम्पनी घट्नेभन्दा कम भएपछि बिहीबार समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।
सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।
आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२.७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।


