आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
 
                                काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ ।
आज ३१४ कम्पनिका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ मा कारोबार भएको थियो । आज ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो ।
आज न्यादि हाइड्रो पवार, बुटवल पावर कम्पनी र एक्सेल डेभलप्मेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य भने ६.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ । कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ, जसको २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको हो ।

 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
                                                 
                                                 
                                                
 
                                         
                                         
                                         
                                         
                                        