काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आइतबार) सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।