सेवापाटी संवाददाता २०८२ जेष्ठ २ गते

दिपक बजगाई (कैलाश), काठमाण्डौं-बाग्मती प्रदेश सरकार यद्योग तथा वाणिज्य कार्यालय, त्रिपुरेश्वर काठमाण्डौंको आयोजना तथा सहयोगी संस्था नेपाल ललितपुरको सहकार्यमा नागार्जुन न.पा.-३ काठमाण्डौंमा यहि बैशाख ३० देखि “उद्यमशिल सस्कृती,राष्ट्रको समृद्धि,सीप सिकौं, आत्मनिर्भर बनौं “भन्ने मुल नारा का साथ महिला लक्ष्यित डल कुशन बनाउने एक महिने सीप बिकास तालिमको उद्घाटन मा. कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम जेष्ठ ३० सम्म चल्ने छ ।


कार्यक्रममा प्रमुख अतिथि मा.कृषि तथा पशुपन्छी बिकास मन्त्री,बिशिष्ठ अतिथि  नागार्जुन न.पा कि कार्यबाहक प्रमुख शुसिला अधिकारी ,अतिथिहरु वडा न ३,४,५ का वडा अध्यक्ष ,उद्यमी घर सातदोबाटोका सञ्चालक दिपक कार्की,पत्रकार दिपक बजगाई (कैलाश),वडाका सदस्यहरु , प्रशिक्षक द्वय शारदा नापित,लक्ष्मी नेपाल साथै प्रशिक्षाथ्रीहरु को बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य पनि दिनु भएको थियो । भने कार्यक्रमको सञ्चालन सहगोगी संस्था नेपाल ललितपुरकि अध्यक्ष शोभा घिमिरेले गर्नु भएको थियो ।

शुभकामना दिने क्रममा उद्यमी घर सातदोबाटो ललितपुरका सञ्चालक दिपक कार्कीले उक्त तालिम बाट उत्पादित सामाग्री तथा तालिम पछि उत्पादित सामाग्री हरु बिक्री बितरणमा आफुले सहयोग गर्ने र सबै महिला हरु उद्यमी भई आत्म निर्भर बन्नु पर्ने मा जोड दिनु भएको थियो । त्यस्तै मन्तव्यकै क्रमकमा नागार्जुन न.पा. कि कार्यबाहक प्रमुख शुसिला अधिकारीले राज्यले दिएको सुबिधाको सदुपयोग गर्दै सम्पुर्ण महिला हरु सीप सिकी स्वरोजगार भएर आत्मनिर्भर भई आफ्नो लागि आफै खर्च गर्न सक्ने बन्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा मन्त्री श्रेष्ठले नेपाली युवा तथा महिलाहरु लाई बिदेश पलाएन हुन बाट रोक्न महिला लक्ष्यित विभिन्न कार्यक्रमहरु आयोजना गरिएकाले आफ्नै देशमा सीप सिकी उद्यमी बन्नु पर्नै ,नेता हरुले केही गरेनन भन्नू भन्दा पनि आफ्नै देशमा उद्यमी बनी आत्मनर्भर बन्नु पर्ने ,जसको लागि राज्यले यस्ता धेरै सिपमुलक र स्वरोजगार बन्न सक्ने नि:शुल्क तालिमहरु दिनको लागि बजेट छुट्याएर विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले, त्यसको सदुपयोग गरी  लाभ उठाउन जोड दिदै तालिम लिएर प्रमाणपत्र मात्र जम्मा गर्नु भन्दा पनि कुनै एक सीप सिक्नुहोस् र त्यसमानै दक्ष्य भई उद्यमी बन्नुहोस भन्दै राज्यले तालिम पछि उद्यमी भई उत्पादन गरेका सामानहरु बिक्रि बितरणमा सहयोग पुर्याउनुका साथै राम्रो उद्यमी महिला लाई विभिन्न प्रकारको पुरस्कारको ब्यबस्था गरिने र सहुलियत कर्जाको पनि सुबिधा दिने कुराको जानकारी गराउनु भएको थियो।