भक्तपुर असार २१, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकाको आयोजना र सहयोगी संस्था नेपालको सहजीकरणमा चाँगुनारायण न.पा. वडा नं. ५ लामाटोलका युवाहरुलाई आदिवासी÷जनजाति लक्षित कार्यक्रम अन्तर्गत २ महिने थाङका बनाउने सीपमुलक तालिम नगरपालिकाले आयोजना गरेको छ । यस तालिममा सहभागीहरुको उत्साहजनक सहभागिता देखिन्छ । २१ जना सहभागी रहेको यस तालिमबाट युवाहरुले लोप हुँदै गएको थाङका बनाउने सीपलाई जिवन्तता दिने निश्चित छ । धेरै चोटी विदेश जान कोसिस गरे तर सफल भईन, अब यही थाङका बनाउने तालिम लिई थाङका ब्यवसाय गर्ने सोच भएको रसिला तामाङ बताउँछिन् । अर्का सहभागी सम्झना योञ्जन भन्छिन्, मैले पहिला पनि सामान्य ज्ञान हासिल गरेको छु । अब मलाई यस तालिमले थप उर्जा दिएको छ । अब थाङका पेन्टिङ्ग गर्ने दृद्ध आत्मविश्वास बढेको र जीविकोपार्जनका लागि यही पेशा गर्ने अठोट गरेकी छु । बिदेश जाने सोच थियो, अब स्वदेशमानै केही गर्ने रहर छ । हामीले जुनसुकै पेशा, ब्यवसाय, काम गरेपनि त्यसमा दतचित भएर भविष्य त्यसमानै देखेर धैर्यका साथ काम गर्ने हो भने सफल हुन गाह्रो नभएको प्रशिक्षक टासी लामा बताउँछन् । कोभिड—१९ को माहामारी पछि थाङका ब्यवसाय पनि नराम्ररी थलिएको छ । दक्ष कामदारहरु पलायन भएका छन् । यस्तो अवस्थामा यस तालिमले दक्ष कामदार उत्पादनमा सहयोग पुग्ने र सहभागीहरु यदि रोजगारी गर्न चाहनेलाई रोजगारी दिने पनि अर्का प्रशिक्षक बिनोद लामा बताउँछन् ।
यस तालिमलाई सहयोगी संस्था नेपालले सहजीकरण र ब्यवस्थापन गरिरहेको छ । चाँगुनारायण नगरपालिकाले युवाहरु, महिला र लक्षित वर्गलाई विभिन्न सीप मूलक तालिमहरु उनीहरुको माग र आवश्यकतामा आधारित भएर संचालन गरी रहेको छ भने सीपसंगै प्रविधि र बजारीकरणलाई पनि जोड दिएको छ । यस तालिमबाट थाङका बनाउने ब्यवसाय संचालन गर्न सहज भएको, ज्ञान, सीप, क्षमता अभिवृद्धि भएको स्थानीय सहभागीहरु बताउँछन् ।
© 2025: Sewa Pati मा सर्वाधिकार सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal