चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार विस २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा १२४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड रुपैयाँ कायम भएको विहीबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु.१०९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५५ अर्ब ५ करोड कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।
यस्तै चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव तीन प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६ दशमलव चार प्रतिशतले वृद्धि भई ८७ हजार चार सय २८ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ४९ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले वृद्धि भई रु चार खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ दशमलव नौ प्रतिशतले घटेको थियो ।
मूल्यवृद्धि ८.०८ प्रतिशत
२०७९ कार्तिक महिनामा उपभोक्ता मूल्यवृद्धि ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकांक १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि (प्रतिशत) विवरण २०७८ कात्तिक २०७९ असोज २०७९ कात्तिक समग्र मुद्रास्फीति ६.०४ ८.५० ८.०८ खाद्य तथा पेय पदार्थ ५.४४ ८.०५ ७.३८ गैर–खाद्य तथा सेवा ६.५१ ८.८५ ८.६३ वृद्धिदर (प्रतिशतमा) वैदेशिक व्यापार (चार महिना) निर्यात आयात व्यापार घाटा उप–समूहको मूल्य सूचकांक १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मूल्यवृद्ध रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मूल्यवृद्धि रहेको थियो ।
सहुलियतपूर्ण पुर्नकर्जा १०२ अर्ब ६० करोड लगानी
बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुर्नकर्जा २०७९ कात्तिक मसान्तमा १०२ अर्ब ६० करोड रुपैयाँ लगानीमा रहेको छ । २०७९ कात्तिक मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ३३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २१० अर्ब १२ करोड कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको तथ्यांमा उल्लेख छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ४ सय ६१ ऋणीलाई प्रवाह भएको १३८ अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८५ हजार १ सय ३८ महिला उद्यमीलाई प्रवाह भएको रु.६८ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३४ ऋणीको रु.३ अर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिकभुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ कात्तिक मसान्तमा रु.८५ करोड ९४ लाख बक्यौता रहेको छ ।Source: Janasawal