काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा गएको उक्त भूकम्पको धक्का रोल्पासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित निकायले आवश्यक निगरानी तथा जानकारी संकलन गरिरहेको जनाएको छ।