काठमाडौं । रविन्द्र ढाँट ले प्रतिष्ठित ‘रोड टु यूएफसी’ सिजन ५ अन्तर्गत ब्यान्टमवेट विधाको सेमिफाइनलमा स्थान बनाएका छन् । चीनको ग्यालेक्सी एरेनामा सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोन लाई दोस्रो राउण्डमै पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । ढाँट ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।


