काठमाडौं ।नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको छ ।
आज सुन तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा ३३० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।


