काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले यहि बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
यसअघि पटक पटक सर्दै आएको रास्वपाको महाधिवेशन आगामी भदौ-असोजसम्म गरिसक्ने तयारी शुरु भएको बताइएको छ ।


