काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ  । मोहनप्रसादको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।