काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन् ।शनिबार  बिहान सम्पन्न मतगणनाअनुसार २६ हजार ५६१ मत प्राप्त गर्दै उनी सांसद चुनिएका निर्वाचन आयोगले जनाएको छ ।
भुसालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत ल्याए । नेकपा (एमाले)का उमेदवार पदम गिरी १५ हजार ७५ मतसहित तेस्रो स्थानमा रहे ।