काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्। वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन्।
अन्यथा इरानले अत्यन्त खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।सम्भावित आक्रमण वा इरानी प्रतिकारको जोखिमलाई ध्यानमा राख्दै पेन्टागनले केही कर्मचारीलाई अस्थायी रूपमा युरोप वा अमेरिकातर्फ सारिरहेको पनि सिएनएनले लेखेको छ।

गत वर्षको जुलाईमा मात्रै अमेरिकाले इरानमाथि हमला गरेको थियो। त्यतिबेला उसले इरानको आणविक कार्यक्रमहरूलाई लक्ष्य गरेर तीनवटा आणविक भट्टीमा जिबियू(५७ बम खसालेको थियो।

इरानको आणविक भट्टी कामै नलाग्नेगरी ध्वस्त भएको दाबी अमेरिकाले गरेको थियो।