काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ ।तराईमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । देशभर आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने बताएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।


