काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मूख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ ।
तराईका धेरै स्थानमा हुस्सु लागेको छ। आज राति पनि देशभर मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।


