काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।


