काठमाडौं।विहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको (एनडिए) गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।शुक्रबार बिहानबाट सुरू भएर राति सम्पन्न मतगणना अनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।
कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरिसकेको छ।राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।


