काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले अहंकारी सत्तालाई र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर, आगोलाई खरानी बनाइदिएर जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका हुन् ।

प्रशासन छ, राज्य छ, डण्डा छ, बन्दुक छ, जेल, कानुन छ भनेर मनपरी गरेपछि जेनजी विस्फोट भयो,’ उनले ।

जनयुद्धमा रगत बगाउने सर्वहाराको अपमान, त्यसको बेवास्ता गरिएको र स्वार्थको लागि संसदमा र्र्याल कारिरहेको बेला जेनजी आन्दोलन भएको उनको भनाई छ ।