काठमाडौं । नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको हो ।
दुबईमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायाे । नेपालका भीम सार्कीले ४८, कुशल मल्लले ४५ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २/२ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा ४ विकेटले पराजित भएको थियो । यस्तै नेपाल यसअघि यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो ।
नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यूएई १९ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।


