काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.१७ अंक बढेर बन्द भएको छ । बुधबार (कात्तिक १९) नेप्से परिसूचक ०.४६ प्रतिशतले बढेर २,६०७.४२ विन्दुमा बन्द भएको हो ।

आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.४८ प्रतिशतले घटेको छ ।

आइतबार बढेको बजार सोमबार र मंगलबार दुई दिन लगातार ओरालो लागेको भए पनि बुधबार पुनः उक्लिँदा बजार उतारचढावबीच सकारात्मक ट्रेन्डतर्फ रहेको विश्लेषकहरूको निष्कर्ष छ । आउँदो चुनाव नजिकिँदै जाँदा निजी क्षेत्रमैत्री सरकारी नीति र पुँजी बजारप्रति बढ्दो ध्यानका कारण बजारलाई थप स्थिरता र वृद्धि मिल्ने अपेक्षा राखिएको छ भने लगानीकर्ताहरू पर्ख–र–हेकको अवस्थामा रहे पनि समग्र बजार मनोविज्ञान विस्तारै सुधार भइरहेको देखिन्छ ।