काठमाडौं। सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार दुवै अदालतको तर्फबाट जाहेरी परेको छ । जाहेरी पाएसँगै परिसरले अनुसन्धान सुरू गरिरहेको परिसरका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । तोडफोड र आगजनीबाट सर्वोच्चमा सबैभन्दा बढी क्षति भएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।

देशका अन्य अदालतमा पनि आगजनी र तोडफोड भएका छन् । उनीहरुले पनि प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।