 
                                जनकपूर।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् ।बुधबार साँझ मुख्यमन्त्रीको निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेको हो ।
बैठकमा सरकारलाई विश्वासको मत दिने आश्वासन दिएका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदको पनि सहभागिता थियो ।

 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
                                                 
                                                 
                                                 
                                                 
                                                
 
                                         
                                         
                                         
                                         
                                        