ललितपुर – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल ईमाडोल प्रासद्वारा बडा दशै, दिपावली, न्यू भिन्तुना (नेपाल संवत नयाँ बर्ष)तथा छठ लगायतका पावन पर्वको शुभ अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम २०८२ सम्पन्न भएको छ ।

श्री कृष्ण प्रणामी मूल मन्दिर ईमाडोलमा प्रास अध्यक्ष विशाल खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा परिषद नेपालका केन्द्रीय महासचिव दिपक कार्की, उपमहासचिव प्रमोद थापा, सदस्य द्वय कृष्ण खड्का, राधेश्याम गजुरेल , महालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष, मन्दिर सञ्चालक समिति अभ्यक्ष र मन्दिरका पुजारी देवकृष्ण शर्मा ललितपुर, काठमाण्डौ र धादिङ जिल्ला समितिका अध्यक्ष, प्रहरीचौकी ईमाडोलका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यसै प्रासबाट जेन-जी आन्दोलनका क्रममा क्षतिग्स्त ललितपुर ईमाडोलमा रहेको प्रहरी चौकीलाई एक थान प्रिन्टर हस्तान्तरण गरिएको थियो भने प्रमुख अतिथी तथा विशेष अतिथिबाट नियमित दश बर्षदेखि यस प्रासबाट आयोजना हुने राष्ट्रब्यापी प्रणामी फुटसल प्रतियोगिता मिति २०८२ कार्तिक २१ र २२ तय गरि भब्य कार्यक्रम गरिने ब्यानर समेतको लोकार्पण गरिएको थियो । यस कार्यक्रम सफल बनाउनकालागि यसै वडा कार्यलयले दुई लाख ५० हजारको आर्थिक सहयोग गरेको र यस प्रसले राम्रा कार्यक्रम गरेर दिईएको रकम सहि कार्यमा लगाईएकोमा धन्यवाद ज्ञापन गर्दै अझै राम्रा कार्यहरु गराउन यहाँकाठ युवा सक्रिय भएकोमा वडा अध्यक्षले प्रसन्नता ब्यक्त गर्नुभयो ।


युवा परिषदका महासचिव दिपक कार्की उप महासचिव प्रमोद थापा केन्द्रीय सदस्यद्वय कृष्ण खड्का र राधेश्याम गजुरेल र जिल्ला अध्यक्षहरुले आआफ्ना क्षेत्रमा भए गरेका कार्यक्रम गतिबिधिबारे प्रकाश पार्दै देश बिदेशमा रहनुहुने तमाम नेपाली जनसमुदाय, निजानन्द सम्प्रदाय प्रणामी समाजका सम्पूर्ण जागृत सुन्दरसाथ लगायतका सबैमा महान पर्व दशै तिहारको उपलक्ष्यमा उत्तरोत्तर प्रगती, सुख शान्ती सम्बृद्विको कामना गर्दै सहभागी सबैमा अन्याय माथी न्यायको जित भएको बडा दशैको शुभकामना प्रकट गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै मन्दिर सञ्चालक समितिका अध्यक्ष मुकुन्द घिमीरे , यसै मन्दिरका पुजारी देव कृष्ण शर्माले यश प्रासको सेवा कार्य र मन्दिर सञ्चालनमा गरिएको सहयोगको प्रशंसा गर्नुभएको थियो ।