
सेवापाटी संवाददाता २०८२ भदौ २६ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – जेन जी आन्दोलनका क्रममा भएको आगालागीले अधिकांस कैदिबन्दिहरु भागे पछि देशमा बिभिन्न किसिमका घटना क्रमहरु देखिदै आएको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा ८ वटा सकेटबम फेला परेको छ उक्त सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।
त्यसै गरी, सुन्धरा स्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु, डोटीको दिपायल सिलगढी स्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ्ग स्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदीहरु र बाँकेको डडुवा स्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिईएको छ ।
बाँके जिल्लाको नेपालगञ्ज स्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सो क्रममा १ जना कैदी घाइते भएका छन् । ललितपुर जिल्लाको भैसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी कार्यरत प्रहरीहरुलाई स्वागत गरेका छन् । हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद भएको नेपाल आर्मिले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएको छ ।