सेवापाटी संवाददाता २०८२ भदौ १६ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल–भारतको सीमा विवादमा चीन पर्न नचाहेको भन्दै दुई पक्षले समाधान गर्नुपर्ने बताएका छन्।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसमक्ष भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाएका थिए। प्रधानमन्त्री ओलीले सो भूभाग नेपालको क्षेत्रभित्र पर्ने उल्लेख गर्दै यस विषयमा नेपाल सरकारले कडा आपत्ति जनाएको चीनका राष्ट्रपति सीसमक्ष बताएका थिए।

नेपाल–भारतको सीमा विवादमा चीन कसैको पनि पक्षधर नहुने स्पष्ट पारेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए। तर जवाफमा राष्ट्रपति सीले लिपुलेक मार्ग परम्परागत रुपमा प्रयोगमा हुँदै आएको नाका भएको बताए। राष्ट्रपति सीले लिपुलेकमाथि नेपालको दाबीमा कुनै कमी हुन नदिइने बताएको राईले जानकारी दिए।