सेवापाटी संवाददाता २०८२ भदौ ११ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – रामेछापमा शैक्षिक सामाग्री तथा कपडा र ब्याग बितरण भएको छ । गत शनिबार उद्यमी घर सातदोबाटो,ललितपुरको संयोजन तथा सेवा र विकासका लागी युवा, श्री कृष्ण प्रणामी युवा परिषद नेपाल केद्रिय समिति र सितापाइला प्रा.स.को सहयोगमा रामेछाप जिल्लाको खाँडादेवी गा.पा.का बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा अभिभावकहरुलाई कपडा र ब्याग बितरण गरेको हो ।

कार्यक्रममा रामेछापका बिभिन्न विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री,बिभिन्न ५ ओटा विद्यालयहरुलाई बिबिध शैक्षिक सामाग्रीहरु,१ सय २० जना अभिभावकहरुलाई कपडा तथा ब्याग बितरण गरिएको थियो । कार्यक्रम रामेछापको धुसाल, मझुवा – १ मा रहेको १ सय ११ बर्ष पुरानो श्री कृष्ण प्रणामी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खाँडादेवी गा.पा.उपाध्यक्ष रमा घिसिङ्ग,अतिथिहरु वडा नं. २ का अध्यक्ष केशब प्रधान,वडा नं.३ का अध्यक्ष पुष्कर कार्की,परिषदका केन्द्र,प्रदेश,जिल्ला,प्रा.स.का प्रतिनिधिहरु ,बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु,अभिभावकहरु,पत्रकार,समाजसेवी,सहयोग गर्ने सस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन भने उद्यमी घरका सञ्चालक दिपक कार्कीले गर्नु भएको थियो ।