
सेवापाटी संवाददाता २०८२ भदौ ८ गते
‘दिपक बजगाई कैलाश’ काठमाण्डौं – प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भारत र चीनले गत मंगलबार गरेको सहमतिमा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई अलग–अलग कूटनीतिक नोट पठाएको छ । पछिल्लो पटक भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री वाङ यीले नेपाली भूमि लिपुलेकबाट व्यापार खुला गर्न भारतसँग सहमति गरेका थिए उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै सरकारले कूटनीतिक नोट पठाएको हो ।
नेपालले भारतलाई यसअघि सीमासम्बन्धी विवादमा चार र अन्यमा दुईवटा कूटनीतिक नोट पठाएको थियो । कूटनीतिक नोटमा भारतसँग स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान खोजिने र यसले नै निकास दिने भनिएको छ । नेपाल–भारतबीचको सीमा विवादमा काम गर्न नापी विभाग अन्तर्गत तीन वटा संयन्त्र छन् । नेपालको नापी विभागका महानिर्देशक र भारतका सर्भेयर जनरलको नेतृत्वमा बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लूजी) छ ।
यसको बैठक आलोपालो गरेर प्रत्येक वर्ष बस्ने कार्यविधि छ । गृह सचिवस्तरीय बाउन्ड्री वर्किङ ग्रुपको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि जुलाई २२ र २३मा नयाँ दिल्लीमा बसेको थियो । यी बैठकमा दुवै देशका बीचमा जारी सीमा विवाद कुटनीतिक माध्यमबाट टुंग्याउने सहमति भएको थियो ।