सेवापाटी संवाददाता २०८२ बैशाख २४ गते
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल घरमै लडेर घाइते भएका छन दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन् अहिले उनको अवस्था सामान्य छ । घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो ।अस्पताल श्रोतका अनुसार उनको टाउकोमा तीन टाका लगाइएको छ।

आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताएअनुसार उनी बाथरुम जाँदाखेरि अल्झिएर लडेका थिए।उनको टाउकोमा चोट लागेको छ। अहिले वार्डमा राखेर उपचार भइरहेको छ, गएराति बाथरुममा चिप्लिएर दाहालको निधारमा सामान्य बाहिरी चोट लागेकोले अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन्। उहाँले बिहानै घर जान्छु भन्नुभएको हो, तर दिउँसोसम्म डिस्चार्ज गने सक्ने स्रोतले जनाएको छ।


