सेवापाटी संवाददाता २०८२ बैशाख १७ गते

नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिच मंगलबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा सम्भावित सहमतिको खाकामा समझदारी बनेको हो ।केही माग मन्त्रिपरिषबाट सम्बोधन गर्दै सरकारले ऐन जारी गर्ने प्रतिबद्धता जनाएपछि बिगत २८ दिन  देखि काठमाडौं केन्द्रित  आन्दोलनरत शिक्षकहरु विद्यालय फर्कने, शिक्षकले मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने ९ बुँदे माग प्रस्ताव गरेका छन् भने शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव गरेको छ । केही माग मन्त्रिपरिषदबाट निर्णय गरेर सरकारले सम्बोधन गर्ने, संसद्को शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन प्रतिबद्धता जनाउने र शिक्षकले सडक आन्दोलन स्थगित गर्ने गरी सहमति नजिक पुगेको वार्तामा सहभागी एक शिक्षकले बताए । सहमतिअनुसार मन्त्रिपरिषद्ले गर्ने निर्णयको प्रस्ताव तयार पारेर शिक्षा मन्त्रालयले पेस गर्नेछ ।वार्तामा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए  भने नेपाल सरकारको तर्फकाट शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्रीसहित रमेश लेखक, शिक्षा सचिव दीपक काफ्लेलगायत सहभागी थिए ।