सेवापाटी सम्वाददाता, २५ माघ २०८१
नेपाली चेलिहरुले हाम्रो गाउँ, समाजमा भोग्नुपरेको विभेदलाई चित्रण गरि बनाइएको नेपाली चलचित्र जुनाः एक व्यथा आज बाट प्रदर्शनमा आएको छ। जिवन सेन्चुरीको निर्देशनमा बनेको फिल्ममा अस्मिता ढकाल, देशभक्त खनाल, खगेन्द्र न्यौपाने, रश्मी भट्ट, कमल बोहोरा, अनिता बस्नेत, कृष्णप्रसाद धिताल लगायतको अभिनय रहेको छ ।

बालबिबाह र महिला हिंसा बिरुद्धको कथाबस्तुमा आधारित भएर बनेको फिल्मको निर्माता दिपक प्रसाद घिमिरे हुन् । फिल्म पर्वतको सालिजा ओखे्रनिमा छायांकन गरिएको हो । राज बहादुर सानेको कथा, विवि अनुरागि र रमेश सेन्चुरीको संगित, जिवन सेन्चुरि र भिम बहादुर पौडेलको शब्द, अन्जु पन्त, पुर्णकला बि.सी. र यदुराई लकान्द्रिको स्वर रहेको यस फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडि कम्पनिले गरेका छन् ।


